October 3, 2023, Tuesday
२०८० आश्विन १६, मंगलवार

नारी दिवस

मेरी आमा नारी हुन्
दिदीबैनी नारी हुन्
हजुरआमा नारी हुन्
मै पनि नारी हुँ ।

पढ्न सक्छन् नारीले
लेख्न सक्छन् नारीले
माया बाँढ्छन् नारीले
देश हाँक्छन् नारीले ।

अवसर नारीलाई
अधिकार नारीलाई
माया गरौँ नारीलाई
इज्जत गरौँ नारीलाई ।

अघि बढौँ नारीहो
केही गरौँ नारीहो
नारीदिवस आज हो
जाग्ने दिन नि आजै हो ।

नारी दिवस २०७७\११\२३ का दिन विद्यालयमा वाचन गरी पुरस्कृत भएको कविता ।