June 19, 2024, Wednesday
२०८१ असार ६, बुधबार

नेता फेरिएछन् तर…


सम्झना सिटौला
कक्षा : ११
मनोहर मावि, सामाखुसी, काठमाडौँ
 समय फेरिएछ, चलन बदलिएछ जस्तै लाग्यो
 नेता फेरिएछन् तर काम भने उस्तै लाग्यो ।
  
 देश बदलिन्छ भनेर हामीले तिमीलाई जितायौँ
 विकास होला भन्दाभन्दै तिमीले बर्सौँ बितायौ ।
  
 ठुल्ठुला सपना देखाउने बानी रहेछ
 जुन जोगी आए नि कानै चिरिएको रहेछ ।
  
 डुब्ला देश भनेर दिनरात लाग्छ डर
 विकासचाहिँ होइन बढाउँछौ मात्र कर ।
  
 चलन रहेछ बर्खामा नयाँ सडक बनाउने
 कहिले हो हामीले देशविकास हेर्न पाउने ?