देश कहाँ पुग्दै छ, कता समृद्ध नेपाल खै त ?
सुखी नेपाली भएनौँ,असल सन्तति रहेनौँ
रूदैँ छिन् नेपाल आमा,चुहिँदा देशको छाना
गरिबी छाइरहेछ वरपर,दुरगन्धित छ राजधानी काठमाडौँ सहर ।
विनास हुदैँछन् मूल्यवान् प्रकृति
संस्कृति लत्याई भित्रिदैँ छ विकृति
उन्नतिको मार्गमा काँडेबार लगाइदिने भेटिए
वीरहरूले जोगाएको देशको चिनारी मेटिए ।
घमन्ड, अहङ्कार छ आमा देशकै सन्ततिभित्र
शत्रुता दाजुभाइमै भएपछि को बन्छ त पराई मित्र
अरूलाई गिराउने होच्चाउने प्रवृति बढ्दै छ आमा झन्
आमा तिमीलाई घाउ चोट लाग्दा थाम्नै सकिनँ मन ।
हिलोमा कमल र काँडामा गुलाफ फुलाउने प्रयत्न गर्छु म
असल नागरिकको कर्तव्य पूरा गरी,चुहिने गग्रो टाली भरी पानी भर्छु म
पख न आमा तिम्रो मुहारमा खुसी ल्याउन अगाडि सर्छु म
देशकै लागि जिउँछु र देशकै लागि मर्छु म
लेखकको सम्वन्धमा