February 8, 2025, Saturday
२०८१ माघ २६, शनिबार

झरनाले आयोजना गर्‍यो भर्चुअल कविता वाचन कार्यक्रम

झरना सञ्चार, फागुन १४

झरना सञ्चारले शुक्रबार साँझ भर्चुअल कविता वाचन कार्यक्रम आयोजना गरेको छ । जुममार्फत गरिएको उक्त कार्यक्रममा नयाँ र पुराना गरी १० जना कविको सहभागिता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता झरना सञ्चारका प्रधान सम्पादक वासुदेव अधिकारीले र कार्यक्रममा वाचित कविताको टिप्पणी तेजविलास अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रममा गोविन्दप्रसाद काफ्ले, प्रकाशमणि दाहाल, देवीप्रसाद गौतम, सुदेश पन्त, प्रदीप लामा, मातृका लामिछाने, सुमन राई र सोमनाथ दाहालले कविता वाचन गर्नुभयो । तेजविलास अधिकारीले कविताको टिप्पणी गर्दै आफ्नो कवितासमेत वाचन गर्नुभयो । कार्यक्रमको अन्त्यमा सभापति अधिकारीले उपस्थित कविहरुलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो कविता वाचन गर्नुभयो ।

टिप्पणीकार तेजविलासले झरना सञ्चारले यस्ता कार्यक्रम अझ सशक्त ढङ्गले अघि बढाओस् भन्ने कामना गर्नुभयो । सभापति अधिकारीले झरनाले आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गर्ने जानकारी दिँदै आजको कार्यक्रमले आफूमा थप ऊर्जा प्राप्त भएको जानकारी दिनुभयो ।

कार्यक्रम साँझ ७:३० बाट ८:३० सम्म एक घण्टा जुममार्फत सञ्चालन गरिएको थियो ।