March 19, 2025, Wednesday
२०८१ चैत्र ७, बिहीबार

विद्यार्थी र पुस्तक

निशा रोका मगर
कक्षा :११
मनोहर माध्यमिक विद्यालय
 विद्यार्थी र पुस्तक नछुट्टिने अङ्ग
 पुस्तकले पार्छ विद्यार्थीलाई दङ्ग
 पुस्तकले दिन्छ अमूल्य त्यो ज्ञान
 सकारात्मक सोच ल्याउन गरौँ ध्यान ।
  
 पुस्तकले पार्छ उज्ज्वल भविष्य
 बनाउनुपर्छ सार्थक भविष्य
 पुस्तक हो हाम्रो दुई आँखाको नानी
 नयाँ ज्ञान दिने पुस्तक हो खानी । 
  
 पुस्तकबाट सिक्छौँ आदर्शको पाठ
 देशको मुहार फेर्न गरौँ आजै आँट
 ज्ञान सिप सिकी हामी सक्षम बन्छौँ
 देशका लागि केही आविष्कार गर्छौँ ।
  
 मिलीजुली हिँडौँ सधैँ सत्य बाटो
 एकतामा बसौँ नल्याऔँ है फाटो
 हामी नै हौँ देशका असल कर्णाधार
 धेरै गर्न सक्छौँ नमानौँ है हार ।