June 4, 2026, Thursday
२०८३ जेष्ठ २२, शुक्रबार

विद्या

  न किन्न सकियो
 न बेच्न सकियो
 सानामा करले पढियो
 ठुलामा आफै बुझियो ।।
  
 पाइला अघि बढदै गयो
 नयाँ कुरा सिक्दै गइयो
 विद्या त जति बाँढ्यो 
 त्यति नै बढ्दै गायो।।
  
 सानामा रुँदै स्कुल आइयो
 गुरुमाले चकलेट दिइ फकाउनुभयो
 हात समाउँटै लेखाउनुभयो
 राम्रो लेख्दा 'स्याबास !' भन्नुभयो।।
  
 आजकै दिन क,ख चिनियो
 घरदेखि विद्यालयको बाटो बनाइयो
 नयाँ साथीसँग भेटियो
 धेरै खेलियो, रमाइलो गरियो।।