February 28, 2024, Wednesday
२०८० फाल्गुन १७, बिहीबार

सुन्दर हाम्रो देश

  
 वीरताको प्रतीक चिनिन्छ नेपाल
 समृद्धशाली रूपमा गनिन्छ नेपाल
 देखिन्छ नेपालको रसिलो मुहार
 मागेन यसले कहिल्यै गुहार ।
  
 जानेनौँ कहिल्यै शिर झुकाउन
 परेन आफ्नो अस्तित्व लुकाउन
 आफ्नै सिप–श्रममा रमाउँछौँ
 स्वतन्त्र बाँच्छौँ, इज्जत कमाउँछौँ ।
  
 प्राकृतिक खनिजमा धनी नेपाल
 जल–वन आदि सम्पदा विशाल
 रमाउने आफ्नै भाषा, संस्कृति र भेष
 विश्वमा नै सुन्दर नेपाल हाम्रो देश ।