October 3, 2023, Tuesday
२०८० आश्विन १६, मंगलवार

सिरानी थपेँ

 'एक्लै कति टोलाऊँ म?',आफ्नो मनलाई सोधेँ   
 आज मैले सिरानी थपेँ, मन मिल्ने साथी थपेँ 
 गाढा माया मुटुमा, स्मृति मनमा छापिएकै छ
 आकृति टाढा भयो, मौसम पनि फेरिएकै छ  ।
    
 आज मैले मन मिल्ने साथी थपेँ  
 जाडो आयो, सिरक ओढाइदिएँ 
 हातका औँला, खै कसरी काँइयो बने
 सिरानीको कपाल,कल्पनामै मिलाउँदै बसेँ । 
  
 सिरानीको शिरमा, तिम्रो पूर्णिमा मुहार खोज्दै बसेँ 
 तिम्रो रेसमी कपाल, निधारबाट कानतिर मोडेँ  
 तिम्रो आखाँको नशा पिउँदै रहेँ, भुइँमा लडेँ
 सिरानीमै तिम्लाई, मन्द मुस्काएको देखेँ ।
   
 प्रेमिल  गीतहरू सुन्दै, सँगसँगै  गुन्गुनाइरहेँ 
 मध्यरात भइसकेछ, बती निभाई सुत्न गएँ
 कस्तो बेचैनी मनमा, निदाउन सकिनँ, टोलाउँदै रहेँ  
 सिरानी काखमा च्यापी, ती मिठा पल  सम्झिँदै बसेँ ।
    
 आपँको हाँगामा, कोइलीले गीत गाइन् 
 मैले तिम्रै ती मिठा बात सम्झिरहेँ  
 पूर्बेली बतास वैरी गालामा छोयो  
 मैले तिम्रै गुलाबी ओठ सम्झिरहेँ ।
  
 जुनेली रातमा, पुर्णिमाले आकाशलाई अँगालेझैँ 
 तिम्रो न्यानो स्पर्श सम्झी सिरानीलाई अँगालिरहेँ 
 शीतल जूनले स्पर्श गर्दा तनभित्र घामको तापझैँ 
 उत्कर्षमा तृष्णा, प्रेम यौवनले एक्लै  तड्पिरहेँ ।     
  
 आखाँले खोज्दा नजर भेटिनँ, सम्झनामा तिम्रै डुबिरहेँ 
 आखाँ बन्द गर्दा तिम्लाई तिमीभन्दा नि प्यारो मनमा देखेँ   
 तनले तन, मनले मन खोज्दा सिरानी लजाएकी भेटेँ  
 तस्बिर फोनमा हेरी तिम्रै नजरको प्यास मेट्न खोजेँ ।    
  
 सम्योगको  मिठास बुझ्न वियोगको बिष मनमा घोलीरहेँ  
 न्यानो आसुँले सिरानी भिझ्यो गलामा चिसो अनुभव गरेँ  
 तिमीसँग बोल्न नसके नि तिम्लाई नै सम्झीरहेँ 
 एक्लो तन, मनमा तिमी थियौ म सिरानीसँगै सुतेँ ।  
   
 मुटुको माया, मनका भाव सिरानीलाई सुनाइसकेँ 
 सिरानी थपे नि निदाउँदा तिम्रै सपनीमा डुबेँ ।