February 18, 2026, Wednesday
२०८२ फाल्गुन ६, बुधबार

सहिद दुर्गानन्द

विद्यार्थीको सिर्जनात्मक क्षमता प्रवर्धन गर्ने अभिप्रायले कक्षा ११ को नेपाली विषयको एउटा अभ्यासलाई यस लेखका रूपमा प्रस्तुत गरिएको हुँदा स्रोत नखुलाई अन्य कसैका लेखका अंश वा विचार परेका भए पनि बालबालिकाको सामान्य सिकाइ प्रक्रियाका रूपमा लिनुहुन अनुरोध गरिन्छ । – विषय शिक्षक, मनोहर माध्यमिक विद्यालय, टोखा ।

वि.सं.१९९९ मा सहिद दुर्गानन्द झाको सिरहा जिल्लाको जहटी गाउँमा जन्म भएको थियो। सहिद दुर्गानन्द झा देवनारायण झा र सुकुमारीदेवी झाका एक मात्र सन्तान थिए।

तत्कालीन राजा महेन्द्र जनकपुरको जानकी मन्दिर भ्रमणमा आएका बेला प्रजातन्त्र हटाई निरङ्कुश शासन ल्याएकाले दुर्गानन्द झाले हजारौँ सुरक्षाकर्मीबिच राजालाई सवारीसाधनमा बम प्रहार गरे। जनकपुर बम काण्डपछि दुर्गानन्द झाको केही समय प्रवास गमन भएको थियो।

देशमा पहिलो पटक गणतन्त्र स्थापना गर्न दुर्गानन्द झा ज्यान दिन तयार भए। दुर्गानन्द झा भारतमा थिए र जब अन्दोलनका लागि नेपाल फर्किए तब बमकाण्डको आरोपमा उनलाई गिरफ्तार गरियो। यसपछि दुर्गानन्द झालाई राजा  महेन्द्रको आदेशमा मृत्युदण्डको सजाय तोकियो। उनलाई २१ वर्षको उमेरमा २०२० साल माघ १५ गते मध्यराती केन्द्रीय कारागारमा पञ्चायती सरकारले मृत्युदण्ड दिएको थियो। 

दुर्गानन्द झा तराई मुलका पहिलो अमर सहिद थिए। दुर्गानन्द झालाई शारीरिक र मानसिक यातना दिएर माफी माग्न लगाउँदा पनि उनले टाउको निहुर्‍याउनु भन्दा मृत्युदण्डलाई नै शिरोधार्य गरेका थिए।