अमर सहिद दुर्गानन्द झा
विद्यार्थीको सिर्जनात्मक क्षमता प्रवर्धन गर्ने अभिप्रायले कक्षा ११ को नेपाली विषयको एउटा अभ्यासलाई यस लेखका रूपमा प्रस्तुत गरिएको हुँदा स्रोत नखुलाई अन्य कसैका लेखका अंश वा विचार परेका भए पनि बालबालिकाको सामान्य सिकाइ प्रक्रियाका रूपमा लिनुहुन अनुरोध गरिन्छ । – विषय शिक्षक, मनोहर माध्यमिक विद्यालय, टोखा ।
हामी धेरैलाई थाहा नभएको नाम दुर्गानन्द झा नेपालको प्रथम गणतान्त्रिक सहित हुन्। उनको जन्म वि.सं. १९९९ मा सिरहा जिल्लाको जहटी भन्ने ठाउँमा भएको थियो। उनको बुवाको नाम देवनारायण र आमाको नाम देविका झा हो।
तत्कालीन राजा महेन्द्र जनकपुरको जानकी मन्दिर भ्रमणमा आएका बेला वि.सं २०१८ मा माघ ९ गते सुरक्षाकर्मीका बिच दुर्गानन्द झाले हजारौँ नेपालीको बलिदानबाट आर्जित प्रजातन्त्रको हत्या गरेर निरङ्कुश शासन लादेको भन्दै राजा सवार गाडीमा बम प्रहार गरेका थिए । प्रजातन्त्रका पक्षपाती दुर्गानन्द राजाको निरङ्कुश शासन विरोधी थिए । उनले नै नेपालमा पहिलो पटक राजाबिनाको गणतान्त्रिक शासनको कल्पना गरेका थिए। राजा महेन्द्रले वि.सं २०१७ मा पञ्चायती व्यवस्था घोषणा गरेका थिए। देशमा गणतन्त्र स्थापनाका लागि उनले आफ्नै ज्यानको बलिदान दिए। सो बमकाण्डको आरोपमा ५७ जनालाई पक्राउ गरी तत्कालीन सरकारले यातना दियो। उनी भारत निर्वासनमा थिए। उनी आन्दोलनका बेला नेपाल आउँदा उनलाई प्रवाह रेल स्टेसनबाटै प्रकाउ गरी केन्द्रीय कारागार सुन्धारामा ल्याइयो। जहाँ उनलाई २०२० माघ ५ का दिन राजा महेन्द्रको ठाडो आदेशमा गोली हानी हत्या गरियो। तत्कालीन कानुनले ब्राह्मणलाई मृत्युदण्ड दिन निषेध गरे पनि राजा महेन्द्रले आफै सो कानुन संशोधन गरी उनलाई मृत्युदण्ड दिए। जुनबेला दुर्गानन्द झाको उमेर मात्र २१ वर्षको थियो। उनी मृत्युदण्ड पाउने ब्राह्मण समुदायको पहिलो सहिद पनि हुन्।
दुर्गानन्दलाई सो कार्य गरेकोमा माफी मागेमा दण्ड नदिने भनिएको थियो । तर दुर्गानन्दले ठाडै सो प्रस्ताव अस्वीकार गरी बरु प्रजातन्त्रका लागि ज्यानको बलिदान दिएका थिए। उनीसँगै पक्राउ परेका अरविन्दसँग दुर्गानन्दले भनेका थिए- ‘तिमी पिर नगर अरविन्द, अब गणतन्त्र आउनबाट कसैले रोक्न सक्दैन ।’
सहिद दुर्गानन्द झा मरेर गए पनि उनले गरेको कामले उनलाई सधैभरि अमर बनाइराख्ने छ।
लेखकको सम्वन्धमा