September 26, 2023, Tuesday
२०८० आश्विन ९, मंगलवार

दुर्गानन्द झाको जीवनी

विद्यार्थीको सिर्जनात्मक क्षमता प्रवर्धन गर्ने अभिप्रायले कक्षा ११ को नेपाली विषयको एउटा अभ्यासलाई यस लेखका रूपमा प्रस्तुत गरिएको हुँदा स्रोत नखुलाई अन्य कसैका लेखका अंश वा विचार परेका भए पनि बालबालिकाको सामान्य सिकाइ प्रक्रियाका रूपमा लिनुहुन अनुरोध गरिन्छ । – विषय शिक्षक, मनोहर माध्यमिक विद्यालय, टोखा ।

नेपालका प्रजातान्त्रिक  आन्दोलनका योद्धा तथा सहिद दुर्गानन्द झाको जन्म वि.सं १९९९ साल वैशाख १४ गते धनुषाको  दक्षिणी गाउँ जटियामा  आमा सुकुमरीदेवी झाको गर्भबाट भएको  थियो। बाबु देवनारायण  झा उनी  सानो  छँदै बितेका थिए। दुर्गानन्द  सानैदेखि राम्रो फुटबल खेलाडी  थिए। उनी राम्रो गीत पनि गाउँथे। नेपालको जटही गाउँमा प्राथमिक शिक्षा  पाएपछि अगाडिको पढाइ त्यहाँ नहुने भएकाले  उनी माध्यामिक  तह अध्ययनका लागि भारतको उमगाउँको एउटा विद्यालयमा भर्ना भए।  

१८ वर्षमा  दुर्गानन्द  झाले जानकी मन्दिरनजिक सेना र गुप्तचरका आँखा छल्दै राजा महेन्द्रलाई ग्रिनेड प्रहार गरेका थिए। प्रहारबाट राजा महेन्द्र  चढेको ल्याण्डरोभर गाडीको पछाडिपट्टि सामान्य क्षति भए पनि राजालाई केही भएन। त्यसपछि  दुर्गानन्द झा भागेर भारतमा रहेको सशस्त्र क्याम्पमा पुगे । यता दुर्गानन्द झाको परिवार, आफ्न्त, इष्टमित्र, छरछिमेक, काङग्रेस नेतालगायत ५६ जनालाई प्रकाउ गरी ठुलो यातना दिइयो। दुर्गान्दका आफ्न्त, इष्टमित्रले पाएको यातनाबाट  दु:खी भएर दुर्गानन्दले तत्कालीन सरकारलाई चिट्ठी लेख्दै गिरफ्तारी दिए। गिरफ्तार गरी जलेस्वर जेलमा एक रात राखेपछि परकैली सैनिक क्याम्पसबाट  उनलाई सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याई सुन्धारास्थित भद्रगोल जेलमा राखियो।  

यो केसको छानविन गर्नका लागि एक विशेष  अदालतको गठन गरिएको थियो। वि.सं. २०१९ मा उनलाई  कुनै सुनुवाइको मौका नै  नदिई मुत्युदण्डको सजाय  तोकिएको थियो। उनलाई २१ वर्षको  उमेरमा वि.सं. २०२० साल माघ १५ गते मध्यराती  केन्द्रीय  कारागारमा पञ्चायत सरकारले मृत्युदण्ड दिएको थियो। 

मुत्युदण्डको अघिल्लो दिन वि.सं. २०२० माघ १४ गते उनले आमा र श्रीमतीलाई केहीबेर भेटेर सान्त्वना दिए। दुर्गानन्दलाई  विभिन्न शारीरिक र मानसिक यातना दिएर माफी मागी बिन्तिपत्र  लेख्न भन्दा पनि उनले मानेनन्।  राजा महेन्द्रले वि.सं. २०१७ मा पञ्चायती व्यवस्था  घोषणा गरेका थिए। फलत उनलाई मृत्युदण्ड  दिइयो।  आमालगायत  परिवारले माग्दा पनि पञ्चायत सरकारले उनको  लास दिएन। कुशको लास बनाएर भारतको गयामा उनको दाहसंस्कार भयो। दुर्गानन्दकी आमाको वि.स. २०६० भाद्रै ३१ गते निधन भएको थियो। 

दुर्गानन्द  झाले आफ्नो जीवन अकालमा नै गुमाए । उनले आफ्नो देश बचाउनका लागि आफ्नो जीवन दान गरेका छन्। दुर्गानन्द झाले  सधैँ देश र जनताको पक्षमा क्रान्ति गरी आफ्नो  देशका लागि  राष्ट्रिय विभूति घोषणा गरेका थिए। देशको हक हितमा लड्नु   उनको योग्दान रहेको छ।