सहिद दुर्गानन्द झाको जीवनी

विद्यार्थीको सिर्जनात्मक क्षमता प्रवर्धन गर्ने अभिप्रायले कक्षा ११ को नेपाली विषयको एउटा अभ्यासलाई यस लेखका रूपमा प्रस्तुत गरिएको हुँदा स्रोत नखुलाई अन्य कसैका लेखका अंश वा विचार परेका भए पनि बालबालिकाको सामान्य सिकाइ प्रक्रियाका रूपमा लिनुहुन अनुरोध गरिन्छ । – विषय शिक्षक, मनोहर माध्यमिक विद्यालय, टोखा ।
दुर्गानन्द झा नेपालका प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा सहिद हुन्। उनको जन्म वि.सं. १९९९ मा सिरहा जिल्लाको जटही भन्ने ठाउँमा भएको थियो। उनी बुवा देवनारायण झा र आमा देवीका झाको कोखबाट जन्मिएका थिए। जीवन र मृत्यु मानिसका स्वभाविक प्रक्रिया हुन्। मानिसको जीवनको सार्थकता उसको गतिशीलता र रुपान्तरणबाट सिद्ध हुन्छ। दुर्गानन्द झा सानै छँदा उनका बुवा देवनारायण झाको मृत्यु भयो। त्यसपछि आमा देवीकाले छोरा दुर्गानन्दलाई मायाममताका साथ पालनपोषण गरिन्।
नेपालको जहटी गाउँमा प्राथमिक शिक्षा पाए पनि अगाडिको पढाइ त्यहाँ नहुने भएकाले उनले माध्यमिक तहको अध्ययन भारत, विहारको उमगाउँस्थिति दीनदयाल हाइस्कुलबाट गरेका थिए। दुर्गानन्द झा घरको एक्लो सन्तान भएकाले २०१७ सालमा १४ वर्षिया काशीदेवी झासँग उनको विवाह भएको थियो। १८ वर्षको उमेरमा दुर्गानन्द झाले जनकपुर भ्रमणमा आएका तत्कालीन राजा महेन्द्रमाथि प्रजातन्त्र स्थापनाका लागि जानकी मन्दिरमा सेना र गुप्तचरका आँखा छल्दै बम प्रहार गरेका थिए। यस प्रहारबाट राजा महेन्द्रलाई केही भएन । तर उनी मोस्टवान्टेडको सूचीमा परे।
घटनापश्चात् दुर्गानन्द झा भागेर भारतमा रहेको सशस्त्र क्याम्पमा पुगे। दुर्गानन्द झा फरार भए पनि उनका परिवार, आफन्त, इष्टमित्र, छरछिमेक, काङ्ग्रेस कार्यकर्तालगायत ५६ जनालाई पक्राउ गरी ठुलो यातना दिइयो। आफन्त र इष्टमित्रले पाएको यातनाबाट दुखी भएर दुर्गानन्दले तत्कालीन सरकारलाई चिठी लेख्दै गिरफ्तारी दिएका थिए। मुद्दाको छानबिन गर्नका लागि पछि एक विशेष अदालत गठन गरिएको थियो। २०१९ भदौ १९ मा उनलाई कुनै सुनुवाइको मौका नै नदिई मृत्युदण्डको सजाय तोकिएको थियो। उनलाई २१ वर्षको उमेरमा २०२० साल माघ १५ गते मध्यराती केन्द्रीय कारागारमा पञ्चायती सरकारले मृत्युदण्ड दिएको थियो।
मृत्युपछि उनको शव परिवारलाई नदी राजा महेन्द्रले सेनालाई व्यवस्थापनका लागि दिइएको कुरा जानकारहरू भन्छन्। मृत्युदण्डको अघिल्लो दिन २०२० साल माग १४ गते दुर्गानन्दले आमा र श्रीमतीलाई केहीबेर भेटेर सान्त्वना दिएका थिए। दुर्गानन्दलाई विभिन्न शारीरिक र मानसिक यातना दिएर माफी मागी विन्तिपत्र लेख्न भन्दा पनि उनले टाउको निहुर्याउनु भन्दा मृत्यु नै शिरोधार्य गरेका थिए। दुर्गानन्दको मृत्यु भए पनि उसको नाम अमर रहियो।
लेखकको सम्वन्धमा