December 2, 2023, Saturday
२०८० मंसिर १६, शनिबार

दुर्गानन्द झा

विद्यार्थीको सिर्जनात्मक क्षमता प्रवर्धन गर्ने अभिप्रायले कक्षा ११ को नेपाली विषयको एउटा अभ्यासलाई यस लेखका रूपमा प्रस्तुत गरिएको हुँदा स्रोत नखुलाई अन्य कसैका लेखका अंश वा विचार परेका भए पनि बालबालिकाको सामान्य सिकाइ प्रक्रियाका रूपमा लिनुहुन अनुरोध गरिन्छ । – विषय शिक्षक, मनोहर माध्यमिक विद्यालय, टोखा ।

नेपालका प्रथम गणतान्त्रिक  सहिद  दुर्गानन्द झाको जन्म वि.सं. १९९९ धनुषा  जिल्लाको जहटी भन्ने ठाउँमा  भएको थियो। उनका बुबाको नाम देवनारायण झा तथा आमाको नाम देवी झा थियो । उनलाई मृत्यु दण्ड पाउने प्रथम ब्राह्मण  पनि भनेर चिन्न  सकिन्छ।

दुर्गानन्द सानैदेखि  राम्रो फुटबल  खेलाडी थिए र राम्रो गीत पनि गाउँथे। उनले नेपालको जटही गाउँमा प्राथमिक शिक्षा पाएका थिए । उनको अगाडिको पढाइ  नेपालमा नहुने भएका कारण उनी माध्यमिक तहको अध्ययनका लागि भारतको उमगाउँको एउटा विद्यालयमा भर्ना भए। दुर्गानन्दले भारतमै बसोबास  गरी अध्य्यन  गर्न थाले।

दुर्गानन्द १८ वर्ष हुँदा तत्कालीन राजा महेन्द्र जनकपुरको जानकी  मन्दिर भ्रमणमा आएका बेला वि.सं. २०१८ माघ ९ गते सेना र गुप्तचरका आँखा छल्दै हजारौं नेपालीको बलिदानबाट आर्जित प्रजातन्त्रको हत्या गरेर निरंकुश शासन लादेको भन्दै उनले गाडिमा बम प्रहार गरेका थिए। प्रजातन्त्रको पक्षपाती दुर्गानन्द राजाको निरङ्कुश शासनको विरोधी थिए । दुर्गानन्दले गरेको प्रहारबाट राजा महेन्द्र  चढेका ल्यान्डरोभर गाडीको पछाडिपट्टि सामान्य क्षति भए पनि राजालाई भने केही भएन। सो बम काण्डको आरोपमा उनका परिवार, आफन्तलगायत  ५९ जना पक्राउ गरी तत्कालीन सरकारले यातना दियो । दुर्गानन्दले उनीहरुले पाएको यातनाबाट दु:खी भएर तत्कालीन  सरकारलाई चिट्ठी लेखी गिरफ्तारी दिए। उनलाई गिरफ्तार गरी जलेश्वर जेलमा एक रात राखेपछि परकौली सैनिक क्याम्पबाट उनलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याई सुन्धारास्थित भद्रगोल जेलमा राखियो। राजा महेन्द्रले दुर्गानन्दलाई माफी मागेमा उनलाई मृत्युदण्ड नदिने भनेका थिए। तर दुर्गानन्दले सो प्रस्ताव अस्वीकार गरी बरु प्रजातन्त्रका लागि ज्यान उत्सर्ग गरे।

बमकाण्डका बारेमा छानबिन गर्नका लागि एक विशेष अदालतको गठन पनि गरिएको थियो। अन्त्यमा २०१८  भदौ  १८ मा उनलाई कुनै सुनुवाइको मौका नै नदिई मृत्युदण्डको सजाय तोकियो। उनलाई २०२० साल माघ १५ गते मध्यराती केन्द्रीय कारागारमा पञ्चायत सरकारले मृत्युदण्ड दिएको थियो । उनले मृत्यु प्राप्त गर्दा उनको उमेर २१  वर्षको थियो।

उनको मृत्युपश्चात् आमालगायत परिवारले माग्दा पनि पञ्चायत सरकारले उनको लास दिएन। कुशको लाश बनाएर भारतको गयामा  उनको दाहसंस्कार भएको थियो।