दुर्गानन्द झाको जीवनी
विद्यार्थीको सिर्जनात्मक क्षमता प्रवर्धन गर्ने अभिप्रायले कक्षा ११ को नेपाली विषयको एउटा अभ्यासलाई यस लेखका रूपमा प्रस्तुत गरिएको हुँदा स्रोत नखुलाई अन्य कसैका लेखका अंश वा विचार परेका भए पनि बालबालिकाको सामान्य सिकाइ प्रक्रियाका रूपमा लिनुहुन अनुरोध गरिन्छ । – विषय शिक्षक, मनोहर माध्यमिक विद्यालय, टोखा ।
नेपालको प्रजातन्त्र आन्दोलनका योद्धा दुर्गानन्द झाको जन्म वि.सं १९९९ साल वैशाख १४ गते धनुषा गाउँ जवहीमा भएको थियो । उनकी माताको नाम सुकुमारी झा र पिताको नाम देवनारायण झा थियो। उनी सानै हुँदा उनका पिताको निधन भएको थियो। उनी घरको एक्लो सन्तान थिए। वि.सं २०१७ सालमा उनको १४ वर्षको उमेरमा काशीदेवी झासँग विवाह भएको थियो ।
प्रजातन्त्र स्थापनाका लागि १८ वर्षको उमेरमा उनले जनकपुरको धार्मिक स्थान जानकी मन्दिरमा सेना र गुप्तचारका आँखा छली तत्कालीन राजा महेन्द्रमाथि बम प्रहार गरेका थिए । उनको प्रहारबाट राजा महेन्द्र बसेका गाडीको पछाडिपट्टि सामान्य क्षती भएको थियो । यसबारे राजालाई केही थाहा भएन र दुर्गानन्द भारत गए । तत्कालीन सरकारले दुर्गानन्द झाका परिवार, आफन्त, साथीहरु र काङ्ग्रेस नेताहरूलगायत ५६ जनलाई पक्राउ गरेको थियो । पक्राउ परेका ५६ जनालाई दु:ख र यातना दिएको कारणले दुर्गानन्द झाले सरकारलाई चिट्ठी लेखेका थिए । उनलाई एक रात महोत्तरीको जेलमा राखिएको थियो । दुर्गानन्द झालाई सेनाको हेलिकप्टरबाट काठमाडौंको सुन्धारास्थित केन्द्रीय जेलमा ल्याइएको थियो ।
वि.सं २०१९ भाद्र १९ गते दुर्गानन्द झालाई कुनै सुनुवाइको मौका नदिई मृत्युदण्डको सजाय तोकिएको थियो । दुर्गानन्द झालाई २१ वर्षको उमेरमा माघ १५ गते केन्द्रीय जेलमा पञ्चायत सरकारले मृत्युदण्ड दिएको थियो । उनी ब्राह्मण भए पनि उन्लाई गोली हनी मृत्युदण्ड दिइएको थियो ।
केपी शर्मा ओली प्रधानमन्त्री भएपछि २०७२ साल फागुन १९ गते दुर्गानन्द झालाई सहिद घोषणा गरियो ।
लेखकको सम्वन्धमा