September 26, 2023, Tuesday
२०८० आश्विन ९, मंगलवार

दुर्गानन्द झा र बमकाण्ड

विद्यार्थीको सिर्जनात्मक क्षमता प्रवर्धन गर्ने अभिप्रायले कक्षा ११ को नेपाली विषयको एउटा अभ्यासलाई यस लेखका रूपमा प्रस्तुत गरिएको हुँदा स्रोत नखुलाई अन्य कसैका लेखका अंश वा विचार परेका भए पनि बालबालिकाको सामान्य सिकाइ प्रक्रियाका रूपमा लिनुहुन अनुरोध गरिन्छ । – विषय शिक्षक, मनोहर माध्यमिक विद्यालय, टोखा ।

हाम्रो देश  वीर पुर्खाहरूले बनाएको देश हो र त्यसका लागि  धेरै महान् व्यक्तिहरूले योगदान दिएका छन्। अहिले गणतन्त्रात्मक मुलुक नेपाल भएको छ। यो मुलुक बनाउनका लागि धेरै सहिदहरूले योगदान दिएका छन् जसमध्ये दुर्गानन्द झा पनि एक हुन्।

दुर्गानन्द झाको जन्म वि.सं. १९९९ साल वैशाख १४ गते धनुषाको दक्षिणी गाउँ जटियामा भएको हो। उनका बाबुको नाम देवनारायण झा र उनकी आमाको नाम सुकुमारीदेवी झा थियो। उनी सानै हुँदा उनका बुवा बितेका थिए । उनी निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध उभिएका प्रजातान्त्रिक योद्धा थिए । वि.सं. २०१७ मा राजा महेन्द्रले पञ्चायती व्यवस्था घोषणा गरेका थिए। उनी यस व्यवस्थाको विरुद्धमा थिए।

वि.सं २०१८ माघ ८ गते राजा महेन्द्र जनकपुर भ्रमणमा आएका थिए । उक्त समयमा दुर्गानन्द झाले राजा महेन्द्रमाथि बम प्रहार गरी हत्या गर्ने प्रयास गरेका थिए।  उक्त घटनापछि उनी छिमेकी मुलुक भारतमा गएर बसेका थिए। केही समयपछि उनी पुनः नेपाल फर्के । फर्किनेबित्तिकै उनलाई पक्राउ गरियो र पक्राउ गरिसकेपछि उनलाई राजा महेन्द्रको आदेशमा वि.सं. २०२० माघ १५ गते मृत्युदण्ड दिइयो। उनी नेपालको पहिलो र कम उमेरका  सहिद थिए।