December 2, 2023, Saturday
२०८० मंसिर १६, शनिबार

सहिद दुर्गानन्द झा

विद्यार्थीको सिर्जनात्मक क्षमता प्रवर्धन गर्ने अभिप्रायले कक्षा ११ को नेपाली विषयको एउटा अभ्यासलाई यस लेखका रूपमा प्रस्तुत गरिएको हुँदा स्रोत नखुलाई अन्य कसैका लेखका अंश वा विचार परेका भए पनि बालबालिकाको सामान्य सिकाइ प्रक्रियाका रूपमा लिनुहुन अनुरोध गरिन्छ । – विषय शिक्षक, मनोहर माध्यमिक विद्यालय, टोखा ।

दुर्गानन्द झाको जन्म वि.सं. १९९९ साल वैशाख २४ गते धनुषाको दक्षिणी गाउँ जटियामा आमा सुकुमारीदेवी झाको गर्भबाट भएको थियो। बाबु देवनारायण झा उनी सानै छँदा बितेका थिए। दुर्गानन्द सानैदेखि राम्रो फुटबल खेलाडी थिए र राम्रो गीत पनि गाउँथे। नेपालको जटही गाउँमा प्राथमिक शिक्षा पाएपछि अगाडिको पढाइ त्यहाँ नहुने भएकाले उनी माध्यमिक तहको अध्ययनका लागि भारतको उमगाउँको एउटा विद्यालयमा भर्ना भए ।

वि.सं. १०१८ माघ ९ गते तत्कालीन राजा महेन्द्र जनकपुरको जानकी मन्दिर भ्रमण आएको बेला सुरक्षाकर्मीबिच हजारौँ नेपालीको बलिदानबाट आर्जित प्रजातन्त्रको अन्त्य गरेर निरङ्कुश शासन लादेको भन्दै दुर्गानन्दले राजा सवार गाडीमा बम प्रहार गरेका थिए। प्रजातन्त्रको पक्षपाति दुर्गानन्द झा राजाको निरकुङ्श शासनको विरूद्ध थिए। उनले नै नेपालमा पहिलो पटक राजा बिनाको गणतान्त्रिक शासनको कल्पना गरेका थिए र देशमा गणतन्त्र स्थापनाका लागि उनले आफ्नो ज्यानको आहुती दिए। सो बमकाण्डको आरोपमा ५९ जनालाई पक्राउ गरी सरकारले यातना दिएका थियो। त्यतिबेला उनी भारत निर्वासनमा थिए। जब उनी आन्दोलनको तयारीका लागि नेपाल आए तब उनलाई प्रवाह रेल स्टेसनबाट नै पक्राउ गरी केन्द्रीय कारागार सुन्धारा ल्याइयो। जहाँ उनलाई २०२० माघ १५ गतेका दिन राजा महेन्द्रको ठाडो आदेशमा गोली हानी हत्या गरियो। तत्कालीन कानुनले ब्राह्मण समुदायका मानिसहरूलाई मृत्युदण्ड दिन निषेध गरेको भए तापनि राजा महेन्द्र आफैँले सो कानुनको संशोधन गरी उनलाई मृत्युदण्ड दिए। त्यस बेला दुर्गानन्द झा मात्र २१ वर्षका थिए। उनी मृत्युदण्ड पाउने ब्राह्मण समुदायका पहिलो सहिद हुन्।

के पनि भनिन्छ भने राजा महेन्द्रले उनलाई माफी मागेमा सो दण्ड यातना पीडा नदिने भनेका थिए तर उनले बरू प्रजातन्त्रका लागि म ज्यान दिन तयार छु तर माफी माग्दिनँ भने। के पनि भनिन्छ भने मृत्युदण्डका लागि तयार भइरहँदा दुर्गानन्दले “तिमी चिन्ता नगर अरविन्द अब गणतन्त्र आउनबाट कसैले रोक्न सक्दैन” भनेका थिए। सन् १९५३ मा राजा महेन्द्रको सालिकको साटोमा दुर्गानन्द झाको सालिक राख्ने प्रस्तावलाई तत्कालीन राजा वीरेन्द्र जो राजा महेन्द्रको छोरा थिए उनले अस्वीकार गरे। पञ्चायती व्यवस्था ढलेर जनमतबाट बनेको प्रजातान्त्रिक सरकारले पनि पक्ष लिएर दुर्गानन्दको सम्मान गर्न सकेन। उनकी श्रीमती काशीदेवी झा भन्छिन् कि ‘गणतन्त्र स्थापनापछि यतिका समय बितिसक्दा पनि मधेसवादी पार्टीबाट उनको योगदानको खासै कदर भएन।’ सरकार र देशले दुर्गानन्द झाका लागि खासै केही नगरे तापनि युवा जमातले उनको निस्वार्थ त्याग र बलिदानलाई भने बिर्सन सकेका छैनन्।