तिम्रो झुटको खेती सप्रिएपछि
मेरो जुटको खेती बिग्रिएको छ
तिमीले एकजुटको खेती भुलेपछि
यहाँ फुटको खेती चलेको छ
त्यसैले मेरो विरासत ढलेको छ
एकताको इतिहास जलेको छ
खरानीभित्रको प्राण चल्दैन अब
कन्दरामा बत्ती बल्दैन अब
अब फेरि महाभारत लेखिँदै छ
युद्धको शङ्खघोष सुनिँदै छ
अभावको घाउ चर्किँदै छ
प्राप्ति पनि फर्किँदै छ
सहिदको बलिदान,
बुद्धको सन्देश,
दुर्घटित भएका छन्
राष्ट्रको तन टुक्रिएको छ
आफ्नै सन्तान नालायक भएपछि
लोकतन्त्रको चितासँगै
मानवता सती गएपछि
मसँगै मेरो देश
सङ्घ अनि प्रदेश
अपाङ्ग भएका छन्
कठै म अनि मेरो देश !
सङ्घ अनि प्रदेश !
लेखकको सम्वन्धमा