विश्वलाई नै परास्त पार्ने कोरोना पो आयो
दीर्घ रोगी बुढा-पाकालाई खुबै पिरिम लायो।।
बल्ल बल्ल आएको भन्दै छाड्दै छाडेन
एक वर्ष बितिसक्दा नि अझै जाँदैन।।
अमेरिका रुस भारतजस्ता देश थाक्दै छन्
कोभिड १९ नाम यसको कसले राख्देछन्।।
एक दुई गर्दै बिरामी लाख करोड पुगे
भोकै तिर्खै जनता सबै घरैभित्र लुके।।
नआइज न ए कोरोना तँ हाम्रो देशमा
के लाको छस् तैले भन्, छस् कस्तो भेषमा।।
लक्डाउन भो सबैतिर हाहाकार छायो
बल्ल बल्ल खोल्या पसलमा नि सटर लायो।।
भन् कस्तो छस् ए तँ ? कस्तो लुगा ला-छस्
सारा संसार ब्रह्माण्डमा तँ मात्रै छा-छस्।।
पहिलोचोटि आको भनी मनपरी गरिस्
मरेका ती लासमाथि मनोमानी गरिस्।।
धनी गरिब देश सबै पारिस् तैँले ध्वस्त
आफु भने घुमिरन्छ्स मास्क नलाई मस्त।।
न लाउछस् स्यानिटाइजर न त मुखमा मास्क
खोप मात्र बनाउँ न तेरो रोकिदिन्छु स्वास।।
चीन अनि अमेरिका सम्बन्ध पनि बिगार्यो
सबै देशको अर्थतन्त्र डामाडोल पार्यो।।
नमस्कार छ कोरोना नआइज न यता
चन्द्रमा तिर मान्छे होलान् बरु जान उता।।
शान्ति अनि समृद्धि विश्वभर छर्न
मुस्किल छ अब यो विनास पार गर्न।।
गरिबलाई झनै यसले सडकमा ल्यायो
दश रेक्टर भुइचालो एकैचोटि आयो।।
आर डि टि ल्याउने भन्दै देशको ढुकुटी लुटे
पद खुस्केला भनी नेता घरभित्रै सुते।।
बजार जाने जनतालाई डन्डा हानी भगाए
क्वारेन्टाइन बनाउने भन्दै पैसा सबै खाए।।
अझै पनि हाम्रो ज्यान जोखिममा छ नि
भन्दैन यसले गरिब अनि गन्दैन धनी।।
हुने हो कि अब त दिन पनि रात
दुखःमा नि जनतालाई कसले देला साथ।।
नजरबन्द बनायो थुनी कैदीजस्तै
झट्ट आउँछ टिपी लान्छ ज्यान हाम्रो सस्तै।।
नगर अब लक्डाउन छोड हाम्लाई स्वतन्त्र
के होला यो कोरोना भगाउने मन्त्र ?
लेखकको सम्वन्धमा