November 28, 2023, Tuesday
२०८० मंसिर १२, मंगलवार

गजल

एउटा मात्र फूल फुलेर हुन्न
एउटा मात्र पीडा भुलेर हुन्न ।
 
यहाँ त धेरै घाउ चोटहरू छन्
एउटा मात्र रङ्ग घुलेर हुन्न ।
भएका छन् बन्द उद्योगधन्दा
एउटा मात्र क्षेत्र खुलेर हुन्न ।
 
गर्न केही भोलि सोचेर आज
एउटा मात्र देश डुलेर हुन्न ।