January 19, 2025, Sunday
२०८१ माघ ७, सोमबार

केही हाइकु

     १
बन्दर घुर्की
खोजी बाँडचुँडको
ताजुब माने ?
     २
 खेल सत्ताकै      
ठाने कथ्यौरीजस्तो
भयो बेहाल
     ३
खै त निकास ?  
हबिगत देश
द्वय टक्कर
     ४
जनचाहना ?
राजोचित भूमिका
अचकल्टोमा
     ५
के के वादीले ?
अङ्कुरित कोपिला
ननिमोठियोस्