December 2, 2023, Saturday
२०८० मंसिर १६, शनिबार

८८४९ !

'हामीले खाने ८८४८ भोड्काको नाम आब के राख्छन् होला ?'
'८८४८.८६ ! सगरमाथा को नयाँ उचाईं !'
'हैन, झ्याउ हुन सक्छ किनबेच गर्न, पिउन, पिलाउन' 
'राउन्ड अप गरी, नाम चाहिँ ८८४९ ! राख्दा नि ठिकै होला !'
 
राष्ट्रिय सरोकारको विषयमा बहस गर्दै थिए नसामा डुबेर   
समातेछन् प्रहरीले दुवैलाई, झगडा नसल्टिएको देखेर   
अडिग देखिन्छन् नामको मुद्दामा दुवै पक्ष नबुझेर  
पसलमा नयाँ भोड्का ब्रान्ड बिक्ला कि? डर लाग्छ सम्झेर ।
 
नसामा डुबेछौ अहमको, सत्ताको, हे पिउनेहरू
नभुल मजदुर-किसानका फुटेका हत्केलाहरू 
नभुल आसुँ सुकेकी आमाका, वीर सहिदहरू 
सत्ता फेर्यौ हामीले, ए रङ्ग बद्लिने छेपारोहरू ।
आखाँ बन्द गरी, आत्मामा ब्रह्मको बोध गर  
भोड्का फेर्ने निहुँमा छन्, नसामा डुब्नेहरू     
वाण झुकाई, तिर सही ठाउँमा प्रहार गर 
कम छैन बालुवाटार छोडी, दरबारमा पस्न खोज्नेहरू ।
 
नसा श्रम-सिपको बाँड, नकी खोक्रो राष्ट्रवादको  
वीरता देखाए खुकुरीले, वीर पुर्खा गोर्खालीहरू 
अस्ताएको सूर्य फेरि उदाउला, आफ्नो काम गर्दै गरौँ   
नेताले भाषण धेरै गरे, जुटौँ देश बनाउन, हे कम्रेडहरू ।
 
हामी पनि कम छैनौं, चन्द्रमा छुने लक्ष्य राखौँ   
छातीभित्र सगरमाथा राखी, जुटौँ हामी नेपालीहरू 
नसा रष्ट्रियताकै होस्, ब्रान्ड आत्मनिर्भर राष्ट्रको 
भोड्का फेर हामी सँगै पिउँला, नसाका प्यालाहरू ।