May 31, 2023, Wednesday
२०८० जेष्ठ १७, बुधबार

कसरी भनूँ!

किन हो आजकल बिहान चाँडै उठेर आँखा तिम्रै बाटो हेर्छन्
तिम्रो यादबिना कुनै राती निन्द्रै आउदैन मलाई
तिम्रै यादमा कति अँध्यारा रात बिताएँ
तिमी मसँग नबोले पनि तिम्रो तस्बिर हेरेर रातभर कुरा गर्छु 
आखिर आफैलाईभन्दा बढी माया तिमीलाई गर्छु
तिमीलाई नै पाऊ भनी सधैँ प्राथना गर्छु
तिमीले बिर्से पनि बाँचुन्जेल तिमीलाई नै माया म गर्छु
जजल्ले जे जे भने नि मुटुका कुना कुनामा
तिम्रै तस्बिर सजाएर राख्छु
यो सब कसरी  भनूँ तिमीलाई !