December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

सामुदायिक विद्यालय अभिभावक सङ्घको गतिविधि

सामुदायिक विद्यालय अभिभावक सङ्घले आफ्नो स्थापना कालदेखि नै अभिभावक, विद्यार्थी र शिक्षक समुदायको पक्षमा आवाज उठाउँदै आएको छ । यस सङ्घले शिक्षक समुदायको सम्मान र प्रतिष्ठालाई आत्मसम्मान गर्ने नै छ । त्यसैले संस्थाको विधानमा पनि शिक्षा क्षेत्रमा राम्रो दक्षता प्राप्त गरेका दक्ष तथा अनुभवीहरूलाई समेत समितिहरूमा माथिदेखि तलसम्म समावेश गर्ने प्रावधानको व्यवस्थापन गरिएको छ । विश्वभर देखिएको कोरोना भाइरस कोभिड-१९ को कारण शिक्षा क्षेत्रमा समेत परेको तनावलाई ध्यानमा राखी मितिः२०७७।१।१५ गते नै शिक्षा मन्त्रालयमा अफ्नो धारणा पठाएका थियौं। साविअ सङ्घको धारणालाई सदासयताका साथ शिक्षा मन्त्री माननीय गिरिराजमणि पोख्रेलज्यूको सिफारिसमा नेपाल सरकारले गरेको निर्णयप्रति साविअ सङ्घले मितिः२०७७।०२।२९ गतेका दिन पुनःविज्ञप्तिमार्फत धन्यवाद ब्यक्त गरिएको छ । साथै मितिः२०७७।१।२४ साविअ सङ्घ केन्द्रीय समितिद्वारा यस विशेष एस्‌ईई परीक्षा सञ्चालन गर्न सम्भावना नदेखिएका कारण विद्यालयको अन्तिम परीक्षाको (लब्धाङ्कको) नतिजाको आधारमा जिल्ला समन्वय इकाईको सिफरिसमा पनिकाले नतिजा प्रकाशित गर्न शिक्षा मन्त्रालयसँग प्रेस विज्ञप्तिमार्फत माग गरिएको थियो ।

यस संस्थाको विधानमा व्यवस्था भएअनुसार सामुदायिक विद्यालय, संस्थागत विद्यालय, बालगृह, प्रविधिक विद्यालयसमेतमा सकारात्मक परिस्थिति कायम गर्न अनुगमन तथा निरीक्षण गर्ने वैधानिक व्यवस्था मिलाएको छ । यस संस्थामा फरक फरक राजनैतिक आस्था र विचारमा आबद्ध हुनुभएका सामाजिक व्यक्तित्वहरू, कानुन व्यवसायीहरू, लामो समयसम्म शिक्षा क्षेत्रमान योगदन गरिरहनुभएका व्यक्तित्वहरू, प्राध्यापक, बुद्धिजीवी, साहित्यकार, विशेषज्ञ, पूर्वप्रअहरू, वरिष्ठ पत्रकारहरू, स्वास्थ्यकर्मी, पूर्व मेयरदेखि वर्तमान मेयरसम्मका जनप्रतिनिधिसमेत साविअ सङ्घको केन्द्रीय समितिमा रहनुभएको छ । यस संस्थामा विद्यालयलाई आवश्यक पर्ने विषय विज्ञहरूको पनि प्रतिनिधिमूलक प्रतिनिधित्व भएको छ। यस संस्थामा विद्यालय स्तरको सहजीकरणको भूमिका निर्वाह गर्नका लागि सामुदायिक, संस्थागत, प्राविधिक विद्यालयका साथै बालगृहहरूसमेतका अभिभावक, प्रधानाध्यापक, शिक्षकहरूलाईसमेत यस संस्थामा आवश्यकता औचित्यता र दक्षताको मापदण्डभित्र राखी केन्द्रदेखि प्रदेश, जिल्ला, नगर, गाउँ समितिमा समावेस गर्न सकिने नै छ । यस समितिमा केन्द्रीय समितिका उपाध्यक्षहरूलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ भने, उपमहासचिबहरूलाई प्रदेश सहइन्चार्जको जिम्मेवारीको लागि विधानमा नै व्यवस्था गरिएको छ ।

सामुदायिक विद्यालय अभिभावक सङ्घ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक मितिः २०७७ साल,कात्तिक २९ गते लक्ष्मी पूजाका दिन विहान ८.०० बजेदेखि, समितिकै अध्यक्ष श्री रामप्रसाद न्यौपालेको अध्यक्षतामा बस्यो । बैठकमा उपस्थित पदाधिकारी सदस्यहरूबाट शुभ दीपावली, नेपाल संवत र छठ पर्वसमेतमा केन्द्रित रही शुभकामना आदानप्रदान तथा बाँकी रहेका प्रदेश समितिहरूको अधिवेशन गर्ने, र कोभिड-१९ का कारण नेपालको शैक्षिक जगत्‌मा परेको असरका बारेमा छलफल भएको थियो ।

निम्नलिखित केन्द्रीय पदाधिकारी सदस्यहरू मध्ये बैठकमा बहुसङ्ख्यक पदाधिकारी सदस्यहरूको उपस्थिति रहेको थियो ।

 १,अध्यक्षःश्री रामप्रसाद न्यौपाने (भक्तपुर) सम्पादक अनौंठो यात्रा २, सह-अध्यक्षःश्री रघुनाथ महजर्न (ललितपुर) समाजसेवी ३, उपाध्यक्ष महिला श्री सीता सुवेदी (गुल्मी) शिक्षासेवी तथा साहित्यकार ४ उपाध्यक्ष (खुल्ला) श्री विद्यादेवी चित्रकार, (काठमाण्डौ) पूर्वप्रअ ५, उपाध्यक्षःश्री रमेश पौडेल (झापा) अधिवक्ता ६, उपाध्यक्षः श्री नरेन्द्रराज सुवेदी (सर्लाही) पूर्वप्रअ ७, उपाध्यक्षः श्री रमेश पौड्याल (काभ्रे) पूर्वप्रअ ८, उपाध्यक्षः श्री होमनाथ शर्मा (पौडेल) काश्की पोखरा (उप-प्रध्यापक) ९, उपाध्यक्षः श्री राजेन्द्र कँडेल (रुपन्हनदेही बुटवल) समाजसेवी तथा जन प्रतिनिधि १०, उपाध्यक्षः श्री मनोहर लामिछाने (सल्यान) जनकशिक्षा पूर्वडिजी एवम् (हाल अधिवक्ता) ११, उपाध्यक्षः श्री मदनकृष्ण श्रेष्ठ (गठ्ठाघर) पूर्व मेयर मथिनपा थिमी भक्तपुर १२, महासचिवः श्री बद्रीप्रसाद तिवारी (काभ्रे) वरिष्ठ पत्रकार १३, कोषाध्यक्षःश्री कपिल बनेपली (भक्तपुर) समाज सेवी १४, उपमहासचिव (महिला) श्री इन्दिरा न्यौपाने (काठमाण्डौ) अधिवक्ता १५, उपमहासचिव (खुल्ला) श्री बासुदेव खड्का, समाजसेवी १६, उपमहासचिव श्री रवीन्द्र प्रताप शाह (भक्तपुर नगरकोट), समाजसेवी १७, उपमहासचिव श्री केशवप्रसाद दाहाल (सुनसरी) समाजसेवी १८, उपमहासचिव- श्री साधुराम चौलागाई (मकवानपुर) समाजसेवी  १९, उपमहासचिव- श्री नीलकृष्ण ताम्राकार (भक्तपुर), समाजसेवी तथा उद्योग व्यवसायी २०, उपमहासचिव-श्री महेशकुमार चालिसे (ललितपुर), समाजसेवी २१, उपमहासचिव- श्री सुन्दर खनाल (भक्तपुर), वरिष्ठ पत्रकार २२, उपमहासचिव- श्री चीना शर्मा (सोलुखुम्वु), समाजसेवी २३, सचिव- श्री गुञ्जबहादुर श्रेष्ठ (रामेछाप), पूर्वप्रअ ।

सदस्यहरूमा क्रमशः  १,श्री सुन्दरी खतिवडा (संखुवासभा), शिक्षासेवी २, श्री मछिन्द्रनाथ न्यौपाने (भोजपुर) पूर्व स्वास्थ्यकर्मी  ३, श्री कमला खतिवडा (झापा) स्वास्थ्यकर्मी ४, श्री मञ्जु बराल (सर्लाही) समावसेवी ५, श्री अञ्जु दाहाल (मोरङ्ग) समाजसेवी ६, श्री इन्दिरा लुइटेल (स्याङ्गजा) शिक्षासेवी ७, श्री हरि न्यौपाने (पर्वत), समाजसेवी  ८, श्री देवकुमार नेपाली (मेयर–बाग्लुङ्ग ढोरपाटन) , ९, श्री धीरजबहादुर कायस्थ (सिन्धुपाल्चोक) पूर्वप्रअ  १०, श्री योवनकुमार राना (रामेछाप) पूर्वप्रअ  ११, डा.विनोद नेपाल (सिन्धुपाल्चोक) शिक्षाविद्  १२, श्री आनन्द पुरी (काठमाण्डौ) पूर्वप्रअ १३, श्री शशिकला सुवेदी (ललितपुर) समाजसेवी १४, श्री नवराज ढकाल (ललितपुर) समाजसेवी  १५, श्री विमल कक्षपती (भक्तपुर) समाजसेवी १६. श्री अमरकान्त झा (सर्लाही) नेराशि सङ्गठन पूर्व केन्द्रीय उपाध्यक्ष १७, श्री देवकी पोखरेल (काठमाण्डौ) समाजसेवी १८, श्री गोविन्द लिबु (इलाम) उप-प्राध्यापक १९, श्री बावुराम विश्वकर्मा (गोरखा) उप-प्राध्यापक, २० श्री राजबहादुर गिरी (बाजुरा) केटिसी प्रबन्धक २१, श्री शङ्करबहादुर गौतम (पोखरा) पूर्व जिशिअ  २२, श्री सगुनसुन्दर लावती (पाँचथर) समाजसेवी २३, श्री किशोरबहादुर कार्की (हरिओन, सर्लाही) समाजसेवी २४, श्री सावित्रा क्षेत्री (काठमाण्डौ) समाजसेवी २५, श्री शान्तिकुमारी बोहरा पुजारा (बजाङ) समाजसेवी २६, श्री दानसिंह सिजवाल (कालीकोट) समाजसेवी २७, श्री नमराज न्यौपाने (बर्दिया) समाजसेवी २८, श्री गंगादेवी खनाल (बुटवल) समाजसेवी २९, श्री भूपति बस्याल (पाल्पा) शिक्षासेवी ३० श्री वसन्ती भण्डारी (डडेलधुरा) समाजसेवी ३१, श्री वीरेन्द्र के सी (कालीकोट) समाजसेवी ३२, श्री किफाय टुल्लाहा खाँ (कपिलवस्तु) समाजसेवी ३३, श्री राजेन्द्र पौडेल (पर्वत) शिक्षासेवी ३४, श्री भीमप्रसाद अघिकारी (झापा) समाजसेवी ३५, श्री धनपति महतो (सिराहा) समाजसेवी ३६, श्री सूर्यद्घीप रेग्मी (सुर्खेत) समाजसेवी तथा सञ्चारकर्मी ३७, श्री गीता (के सी) अन्जान (कपिलबस्तु) समाजसेवी ३८, श्री रामप्रकाश पुरी (रुकुम) समाजसेवी ३९,  श्री सूर्यबहादुर शााही (दैलेख) पूर्वजिविस उपसभापति ४०, श्रीरामप्रसाद श्रेष्ठ (नवलपरासी) पूर्व डिआईजी ४१, श्री टीका भट्ट (कैलाली) समाजसेवी ४२, श्री हरिप्रसाद आचार्य (बाँके) समाजसेवी ।

यो संस्था ७९ सदस्यीय केन्द्रीय समिति भएकाले बाँकी सदस्यहरू आवश्यक पर्ने तर नपुग स्थानहरूमा जाती, भाषा, धर्म, लिङ्गको आधारमा मनोनित गरिने ।  यस संस्थामा आफ्नो आवश्यकतालाई ध्यानमा राखी बैठकको निर्णयअनुसार दुई जना राष्ट्रिय ब्यक्तित्वलाई सल्लाहकारमा मनोनित गरिएको छ । जसमध्ये  १, राष्ट्रियगानका रचनाकार श्री प्रदीपकुमार राई (ब्याकुल माइला), २, नेपाल दूरसञ्चार केन्द्रका पूर्वमहा-प्रवन्धक, एवं नेपाल-चीन कार्यकारी परिषद्‌का अध्यक्ष, चाइनिज भाषाका विज्ञ अनुप रञ्जन भट्टराई हुनुहुन्छ । यस संस्थाले आफ्नो विधानमा व्यवस्था भएअनुसार, ७ प्रदेश समिति, ७७ जिल्ला समिति, ७५३ नगरहरू आफ्नो कार्य क्षेत्र भएकाले ती सबै क्षेत्रहरूमा आफ्नो गतिविधि विस्तार गर्दै जाने छ ।