गजल

तारा अलग भए नि, जून त आखिर एउटै थियो जात अलग भए नि, खुन त आखिर एउटै थियो । उनी बस्थिन् महलमा, मेरो वास थ्यो झुपडीमा च्यादर अलग भए नि, ऊन त आखिर एउटै थियो । उनी लिन्थिन् पियानो, बाँसुरी थ्यो मेरा साथमा बाजा अलग भए नि, धुन त आखिर एउटै थियो ।

उनी जान्थिन् रेस्टुरेन्ट, म गुन्द्रुकमा रमाउथे स्वाद अलग भए नि, नुन त आखिर एउटै थियो । धेरै थियो प्रशंसा, उनका घरको सुन्दरताको रङ्ग अलग भए नि, चुन त आखिर एउटै थियो ।
लेखकको सम्वन्धमा