October 3, 2023, Tuesday
२०८० आश्विन १७, बुधबार

मख मयली र सय पत्र

काँल्लाका छेउमा उभिएकी मखमली
आज किन
मख मयली भइन्।
ओइलिएर त्यसै
चाउरिएर मासिक धर्म गोठ
ङिच्च दाँत देखाउँदै
अस्मिता खोज्दै छ सय पत्र।
मख मयली मौन
दुर्गामाताको हात
अस्त्रबिहिन मौनता
चुपचाप काली
रक्तबिज पिपासु
लमतन्न तेर्सेको राघव पथ
टिलपिल आँखा
खोज्दै छ न्याय सय पत्र।
सुवर्ण भूमिदान कोपरिएर
माकुरा जालो, माकुरा र बच्चा
छेपारो बाँदर एकसाथ
उफ्रेको खुला चौर
देखेर जिउँदा सालिक
मूल खाबो खोज्दै छ सय पत्र।
चुच्चे चोर औँला
लुकामारीसम्म दक्षिण खाल्डो
देखेर जिउँदा मसान
एकतमास मख मयली
बिलखबन्ध छ सय पत्र।