March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

गजल

युद्धमा कहाँ सधैँ सजिलो प्रहार हुन्छ
सधैँ लडेर सिद्धिने डर अक्सर हुन्छ ।
 
सजिलै पूरा हुँदैनन् बिपनामा देखिएका सपनाहरु
कहाँ सधैँ चित्तले सँगालेको सपनाको मत बदर हुन्छ ।
 
नदीको पानीको पनि आफनो गन्तव्य हुन्छ
मानिसको पनि आफ्नो यात्राको शिखर हुन्छ ।
 
कोइलाको पनि ताप र चापपछि चम्किलो प्रखर हुन्छ
तर हिरा बन्नलाई त्यसको पनि निस्चित कसर हुन्छ ।
 
जिन्दगीमा कहाँ सधैँ सजिलो डगर हुन्छ
अडिरहने र लडिरहनेकै अन्तमा उच्च शिखर हुन्छ ।