February 18, 2026, Wednesday
२०८२ फाल्गुन ६, बुधबार

आमा

जन्म दियौ मेरी आमा
तिमीले मलाई
नौ नौ महिना कोखमा बोकी
दुःखकष्ट सहयौ मेरी आमा
मलाई यो संसार देखायौ
आफ्ना अनेकौँ चहना त्याग्यौ
अमूल्य प्रेरणा दियौ
 
तिम्रो महिमा अपरम्पार
सिद्धिन्न कहिल्यै
गाएर यो बार बार
 
हर्दम बहायौ प्रेमधारा
आमा तिमीले
दियौ मलाई मिठो सहारा
 
सारा दुनियाँ हरदम
आफ्नो खुसी चाहन्छ
तर मलाई हरखुसीमा
आमा, तिम्रो साथ चाहिन्छ ।