March 21, 2023, Tuesday
२०७९ चैत्र ७, मंगलवार

गजल

बन्दाबन्दीले फेवातालको नाउ पनि डुब्यो
कर्मचारी डुबायो अनि साउ पनि डुब्यो  ।
 
इच्छामरण र कोरोनाको बाढीसँगै आयो
सहरको भिडमात्र होइन गाउँ पनि डुब्यो  ।
 
राजस्व र कर्जाको भारिले थिच्नु थिचेपछि
परिवार सबै डुबायो अनि बाउ पनि डुब्यो  ।
जमिनमा मानिस पानीमा लेउ छैन माछालाई
पहिला भुरा डुबायो अनि माउ पनि डुब्यो  ।
 
असारमा मल बिउ छैन गणतन्त्रको कथा
पहिला बाली डुबायो अनि भाउ पनि डुब्यो ।