दसैँ
दसैँमा बाआमाको टीका लगाउँछु टीका लगाई धेरै आशीर्वाद पाउँछु । आशीर्वादसँगै केही दक्षिणा पाउँछु दक्षिणा पाई मिठो परिकार खान्छु । नयाँ लुगा लगाई मामाघर जान्छु मामाघर गएर चङ्गा उडाउँछु । साथीभाइसँग मिलेर खेल्न जान्छु मिलिजुली साथीसँग धेरै पिङ् खेल्छु । दसैँमा दुर्गा भवानीको पूजा गर्छु पूजा गरी सबैसँग रमाइलो गर्छु ।
लेखकको सम्वन्धमा