May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार

अझै पनि

अझै पनि मास्क लगाउँदै छु म
लकडाउन खुले पनि कोभिडसँग डराउँदै छु म
हजुर, अझै पनि मास्क लगाउदै छु म ।  

पटक पटक साबुन पानीले हात धुँदै छु म  
मबाट अरूमा सङ्क्रमण नहोस् भनी डराउँदै छु म
समाजिक दूरी कायम गर्ने नियम अपनाउँदै छु म
हजुर, अझै पनि मास्क लगाउँदै छु म ।  
लकडाउनको अन्त्य भयो, कोभिडको भएन
त्यसैले सुरक्षाका प्रत्येक नियम अपनाउँदै छु म 
भिडबाट टाढा बसी आफ्नो ज्यान जोगाउँदै छु म
हजुर, अझै पनि मास्क लगाउँदै छु म ।।  

फेरि प्रकृतिलाई नष्ट हुनबाट जोगाउँदै छु म   
अझै पनि घरमा एक्लै बसी रमाउँदै छु म
अरूले जे भनून् कोभिडबाट अझै पनि डराउँदै छु    म
हजुर, अझै पनि मास्क लगाउँदै छु म ।।