February 10, 2026, Tuesday
२०८२ माघ २७, मंगलवार

यस्तो बनोस् दसैँ

झरी पर्दा झुपडीमा छानो बनोस् दसैँ
रित्तिएको भाँडो भर्ने मानो बनोस् दसैँ।

औँसीका रातमा पनि दियो बनोस् दसैँ
मनभित्र काँडा झिक्ने सियो बनोस् दसैँ।
 
पूजा गर्न मन्दिर जाँदा फूल बनोस् दसैँ
स्वार्थलाई त्याग गर्ने भुल बनोस् दसैँ।
 
प्रवासीका उद्गम पनि देश बनोस् दसैँ
नग्नतालाई पन्छाउँने भेष बनोस् दसैँ।
 
रोगसँगै त्रसित मनमा मलम बनोस् दसैँ
साहित्यमा सजिएको कलम बनोस् दसैँ।