November 5, 2024, Tuesday
२०८१ कार्तिक २०, मंगलवार

उसको अभाव

म मानव हुँ वा दानव हुँ ?
मलाई थाहा छैन,
धर्म के हो ? कर्म के हो ?
त्यो पनि थाहा छैन ,
कतै अन्याय, अत्याचार
कतै बलात्कार, भष्ट्राचार
आदि इत्यादि .........,
हुँदै होलान् त्यो पनि थाहा छैन
तर, देखे पनि नदेखेको जस्तो गर्नुपर्दा
काकाकुलझैँ टुलुटुलु हेर्नुपर्दा
म एउटा जिउँ दोलास बन्दैछु
त्यसैले,
म त्यही जिउँदो लासभित्र,
एउटा जीवन खोज्दैछु
त्यस्तो जीवन जो अमर बन्न सकोस्
जसले निरीह माम्सपिण्डको ,
तेस्रो नेत्र खोल्न सकोस्
बर्सौदेखि दबाइएका,
थिचिएका,
टालिएका,
स्वरयन्त्रहरु खोल्न सकोस्,
स्वतन्त्रताको आवाज बोल्न सकोस्,
पूर्वदेखी पश्चिमसम्म
उत्तरदेखि दक्षिणसम्म
खुल्ला आकाशमा
बिनाडर, भय, त्रासमा
प्वाँख फिजाएर उडन सकोस्
दुर्घटना नभई गुडन सकोस्
भविष्यको छितिजलाई छुन सकोस्
दुरगामी र चिरस्थयी हुनसकोस्
जो अमर बन्न सकोस् ।
 
राम वा कृष्ण ,
रवि वा छवि ,
रत्नाकार वा कालिदास ,
हिटलर वा यहुदी ,
जो भए पनि हुन्छ,
जो आए पनि हुन्छ
तर ऊ,
बिकृतिका अनेक रङ्ले नपोतिएको होस
मुर्खताको हलोले नजोतिएको होस
निजि स्वार्थलाइ तिलान्जली गरेको होस
कुना कन्दरासङ्ग परिचीत होस
पानीसङ्ग रङं मिल्ने
सुख दुःख सङ्गै घुल्ने
राजा प्रजा एउटै मान्ने
न्याय अन्याय जोख्न सक्ने
मैले ,उसले , तपाईंले
हामी सबैले खोजे जस्तै
बहुमतले रोजे जस्तै
यहाँ ,
हो यस्तै
एउटा महापुरुसको अभाव छ
जो सरकार बन्न सकोस
जो अमर बन्न सकोस ।