तिम्रो खुसी मान्नैपर्छ भन्ने कहाँ छ र ?सधैँ साथ हुनैपर्छ भन्ने कहाँ छ र ?दुईचार दिन टाढिँदैमा किन आँसु झार्नु ?सधैँभरि मिलन हुन्छ भन्ने कहाँ छ र ?००० ००० ००० ०००म यात्री हुँ रोक्ने कोसिस नगर्नूटाढा पुग्नुछ रोक्ने कोसिस नगर्नूनिर्वाध यात्रा गर्न देऊ आज मलाईम नदी हुँ छेक्ने कोसिस नगर्नू ।००० ००० ००० ०००सबैलाई देखाइदिन्छु कविता लेखेरसबैलाई सुनाइदिन्छु कविता लेखेरपाऊँ म मौका मात्र कलम छ हातैमाम देश चिनाइदिन्छु कविता लेखेर ।००० ००० ००० ०००राति राति बर्बराउने म त रोगी भइसकेछुथाहै नपाई मायाको म त भोगी भइसकेछुभोक बिर्सेँ, प्यास बिर्सेँ, बिर्सेँ रात निद्राअहो ! पिरतीकै कारणले म त जोगी भइसकेछु ।
लेखकको सम्वन्धमा