April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

सबै मिली चाड मनाऔँ (बाल कविता)

घुमौँ फिरौँ
नाचौँ गाऔँ
दसै आयो
सबै मिली चाड मनाऔँ ।
 
कहिले उसको घर
कहिले यसको घर
शुभकामना बाँड्न जाऔँ
सबै मिली चाड मनाऔँ ।
 
मिठा मिठा खाना खाऔँ
राम्रा राम्रा लुगा लाऔँ
साथीसँग पिङ खेल्दै
सबै मिली चाड मनाऔँ ।
 
कहिले मामाघर
कहिले काकाघर
घुम्न जाऔँ
मिलि सबै चाड मनाओ
 
हजुरबा-आमासँग
आशीर्वाद लिऔँ
रातो टीका, जमरा थाप्दै
सबै मिली चाड मनाऔँ ।
 
छरिएका आफ्न्तहरू
भेला होऔँ
साथीभाइसँग भेट्दै
सबै मिली चाड मनाऔँ ।