गजल
नहिँड्ने नघुम्ने अनौठो म यात्री छ तृष्णा अघोरै अनौठौ म दातृ । बलेको छ मेरो गलेको मुहार ढलोस् शीघ्र सन्ध्या अनौठो म रात्रि । बसाएँ दिलैमा खसाएँ हिलैमा फुटेको चिथोर्ने अनौठो म कात्री । वितृष्णा छ ब्वाँसा समानै सँगाती छ लिङ्गै अलग्गै अनौठो म भ्रातृ । विलासी नभन्नू नभन्नू ल नीच रहूँ खैर बाँझै अनौठो म मातृ । छ टाँका त फस्को कहाँ भेट्नु सूत्र सबैको छ चाहा अनौठो म नाथ्री न कोखै छ प्यारो न प्यारो हवेली छ बच्चा अजन्मा अनौठो म धात्री ।
लेखकको सम्वन्धमा