सानो भाइ
सानो मेरो भाइ तिमी, अरूनेश तिम्रो नाम पढ्ने, लेख्ने, चकचक गर्ने, यही हो तिम्रो काम घरको रौनक हौ तिमी, चुलबुले छ तिम्रो बानी रमाउँछौ खुसी भई, बोलाउँदा मैले भनी सानी । उमेर छ सानो तिम्रो, गर्छौ राम्रा कुरा तिमी आहा ! कति मनमोहक, जब मुस्कुराउँछौ तिमी जूनभन्दा पनि प्यारो तिमी, घामझैँ उज्यालो छौ बुबाआमाको माया तिमी, मेरा लागि त सबथोक हौ । सङ्घर्षशील जीवन यो, बाधा छन् पलपलमा चुनौतीलाई स्वीकार गरी, अघि बढ्ने गर जीवनमा आज तिमी अबोध बालक भोलि त ठुलो हुने छौ धेरै पढी ज्ञानी भई मानव सेवामा अघि बढ्ने छौ ।
लेखकको सम्वन्धमा