December 8, 2024, Sunday
२०८१ मंसिर २४, सोमबार

पिता

पिता हुन् विशाल छहारी, सन्तान भए नि थरी थरी ।
छोडे बाटो सन्ततिले, दु:खी हुन्छन् उनैमा आखिरि।।
आँसु बगाउँछ्न् गहभरि, मिठास शब्द भरी भरी ।
सहेर दु:ख आफूले, ढाक्दछन्, पुर्‌याउँछ्न् नानाथरी ।।
 
 पिता हुन् यस लोकका, सन्तानका हिरा, नभोमणि ।
 कीर्ति राख धरणीमा,  भन्छ्न् पुजिनु सधैँ उसैगरी ।।
 सुनाउँछन् तथ्य कथा उनी, बाबु नानी भनी भनी।
 बात्सल्यता  झल्काउँदै सन्तानमा, माधुर्य वाणी छरी ।।
 
पिता हुन् जोस, जाँगर भर्ने, ऊर्जाका स्रोत हरि  ।
समान ठान्छ्न् सन्ततिमा, हुन्न ती खोट कठैबरी ।।
रोग, भोक भगाउन, आफू बन्छ बन्धक घरी घरी ।
सम्झनुपर्छ सन्तानले, पिता ईश्वरको उपहार सरी ।।।