June 25, 2025, Wednesday
२०८२ असार ११, बुधबार

दुई मुक्तक

'मेरो' भन्ने शब्द अब 'हाम्रो' हुँदै जाओस्
अदालत दोषीमाथि चाम्रो हुँदै जाओस्
नबल्झाउन् लोकतन्त्रले पुराना घाउहरू
घाइतेका घाउमा सरकार काम्रो हुँदै जाओस्
०००   ०००   ०००   ०००   ०००
मकैलाई पिँधेपछि पिठो हुँदैन र !
गणतन्त्रमा कामकाज छिटो हुँदैन र !
तलदेखि माथिसम्म झर्कोफर्को गर्ने
जनतासँग बोल्ने भाषा मिठो हुँदैन र !