April 13, 2024, Saturday
२०८१ बैशाख १, शनिबार

यो जिन्दगी !

यो खै कस्तो जिन्दगी
बसी बसी समाजको रमिता हेर्नुपर्ने जिन्दगी
मनमा अनेक चोट लुकाई मुस्कुराउनुपर्ने जिन्दगी
अनेकौँ बेदनाका सागरमा डुबुल्की मार्दै जिउनुपर्ने जिन्दगी
समयको कुनै न कुनै पासोमा अल्झी अघि बढ्नुपर्ने जिन्दगी
जिउनुको अर्थ भुली जीवनलाई नै माया मार्नुपर्ने जिन्दगी
वचनका चोट सहँदै र पचाउँदै बाँच्नुपर्ने जिन्दगी
मनमा पीडा लुकाएर सहनशील भई अघि बढ्नुपर्ने जिन्दगी
समयसँगै झुक्दै र डुबुल्की मार्दै अघि बढ्नुपर्ने जिन्दगी
गोबरको थासजस्तो जिन्दगी, परालको आगोजस्तो जिन्दगी
कहिले इबोला, कहिले श्वान फ्लु त कहिले कोरोनाजस्ता रोग
अनि भोक र महामारीलाई सहँदै बाँच्नुपर्ने जिन्दगी
त्रास र ऋणको चपेटामा परेरै भए पनि बाँच्नुपर्ने जिन्दगी
भित्र रोए पनि बाहिर हाँसेर बाँच्नुपर्ने जिन्दगी
कहिले हिँड्दाहिँड्दै प्याट्ट फुट्नसक्ने जिन्दगी
किहले बत्तीजस्तै झ्याप्प निभ्नसक्ने जिन्दगी
यो खै कस्तो कस्तो जिन्दगी !