April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

नारी

आमा, छोरी, भाउजू, दिदी सबैको रूप नारी
जहाँ–तहाँ ‘सानो’ भनी हेला गर्ने भारी
सयौँ पीडा मनभित्र लुकाई हाँस्नुपर्ने
मनका इच्छ मनैभित्र साँची बाँच्नुपर्ने ।
 
कैले बुझ्छ होला समाज देन नारीको यो
यौनहिंसाबाट  कैले  मुक्ति पाइने हो
श्रम – सिप – जाँगरले  भरिपूर्ण  नारी
फेरि पनि खोज्छ समाज दाइजो भारी भारी ?
 
कैले दाइजो, कैले केके निहुँ अनेक छन्
अपमान, हिंसा रोक्ने न्याय खै कहाँ छन् ?
कैले पाउँछन् न्याय नारी, बाँच्न कैले पाउने ?
स्वभिमानी भई नारी कैले हाँस्न पाउने ?