December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

सनकबहादुर र मुखिया बा

सनकबहादुर निकै चलाख छ । मुखिया बाका घरमा सानैदेखि बसेर होला, उसको हाउभाउ अरूको भन्दा निकै फरक किसिमको देखिन्छ । बेला बखत त ऊ आफूलाई मुखिया बाभन्दा रति पनि कमजोर ठान्दैन । त्यसैले होला उसले आजकल धेरैजसो निणॅय आफै मुखिया बा बनेर गनॅ थालेको छ ।

बखाने टोलमा ‘मुखिया बा’ भनेपछि अरू कुनै पनि फरक परिचय दिनै पर्दैन । जो कोहीले राजा समानको व्यवहार गर्ने मुखिया बा पनि के कम थिए र ! तिनै गरिब जनतालाई एकातिर दिएजस्तो गर्ने अर्कातिर ऋण धनको नाममा सबै सम्पत्ति हत्याउन बानी परिसकेका थिए मुखिया बा । सनकबहादुरले पनि मुखिया बाकै सिको गर्दै गाउँभर शासन जमाउन थाल्यो ।

एक दिन अचानक मुखिया बाको हकवाला बनेको सनकबहादुरलाई तमसुक झुठा गरेको अभियोग लाग्दछ । र, त्यसकै निहुँमा उसलाई गाउँबाट निकाला गरिन्छ । तमसुक झुठा काण्ड लागेको झन्डै एक वर्ष सनकबहादुर गाउनिकालासँगै मौन बस्न पुग्छ । गाउमा दिन-प्रतिदिन मुखिया बाको लोकप्रियता कमी हुन थाल्छ । मुखिया बाको सबै कामको चर्चा गरिदिने र गाउलेको सम्पत्ति हत्याउन उनलाई सनकबहादुरको अभाव महसुस गनॅ थाल्दछन् । नभन्दै केही दिन नबित्दै सनकबहादुर ठुलो ठुलो आवाजमा गाउँमा कराउन सरु गदॅछ । सबैलाई फेरि शासन गनॅ आएको आभास दिलाउन पुग्दछ । पछि सबै गाउँले माझ एउटा समाचारले पूरै गाउँ त्रस्त बन्न पुग्छ कि चाँडै मुखिया बाले सनकबहादुरलाई घरमै बसोबास गराउने निणॅय गरेका छन् रे ।