February 18, 2026, Wednesday
२०८२ फाल्गुन ६, बुधबार

नारी

 कहिले मेरा सपना लोकतन्त्रको स्वतन्त्रतामा हराए
 मेरा हौसला महिनावारीका बेला छाउपडीमा थुनिए
मेरा चाहानालाई उसको मर्दपनले जित्यो
मेरो शरीरलाई कुवा सम्झी उसले आफ्नो प्यास मेट्यो
सानी बहिनीको बालालपनले उसको दुस्साहसलाई रोकेन
आमाको जीवन भान्छा र छोराछोरीभन्दा बाहिर उठेन
म आज सोचाइमा डुबिरहेँ अन्योलमा हराइरहेँ
अनि आफ्नै भाइ, दाइ, बुबा सबैबाट उत्पीडित भइरहेँ
२१औँ शताब्दीमा पनि म मेरो शरीर हेरेर नापिएँ
आजका दिनमा पनि म दाइजो दिएर बेचिएँ
मलाई मूल्यबिनाको वस्तु मानियो
खुला रूपमा मेरो शरीरमा अङ्कभार राखियो
म आज थाकेकी छु र अफ्नो जीवनको मोड खोज्दै छु
आफ्नो अधिकारलाई महिला सिटमा देखी फेरि पनि रुँदै छु       
आज म यो अन्धकारसँग अफ्नो उत्तर माग्दै छु
फेरि यो सामाजमा बलात्कार नहोस् भनी कलम चाल्दैछु।।