March 19, 2025, Wednesday
२०८१ चैत्र ७, बिहीबार

गजल

सिरानी यो तिमी खोज्छ, रात परेपछि
हृदय नि तिमी खोज्छ, रात परेपछि ।

साथ दिन्छु भन्नेहरू, धेरै धेरै आए
मन तिम्रै साथ रोज्छ, रात परेपछि ।


जसोतसो  भुलाउँछु,   मन  दिनभरि
झल्को बन्छ त्यही तस्बिर रात परेपछि ।

मनको दूरी थाह छैन, तन टाढा भाछ
यो दिल तिम्रै खबर सोध्छ, रात परेपछि ।