December 2, 2023, Saturday
२०८० मंसिर १६, शनिबार

नेकपा पाँचथर-काठमाडौं सम्पर्क मञ्चका सदस्य तिम्सिनालाई पितृशोक

काठमाडौं, भदौ १३ (झरनासञ्चार)– नेकपा पाँचथर-काठमाडौँ सम्पर्क मञ्चका सदस्य क. गणेश तिम्सिनालाई  पितृशोक परेको छ ।

उनका पिता पाँचथर जिल्ला साविक सुभाङ गाविस-२ एकचेप्पामा जन्मनुभई हाल ललितपुर म.न.पा.२८ कृष्ण मन्दिर, आफ्नै निवासमा बस्दै रहनुभएका भीमनाथ तिम्सिनाको हिजो मिति २०७७/५/१२ गते अपरान्ह ४.२ बजे ८४ वर्षको उमेरमा असामयिक निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उहाँका एक श्रीमती, चार छोरा\बुहारी, तीन छोरी\ज्वाइँ, पाँच नाति र एघार नातिनी छन् ।

तिम्सिनाको आज मिति २०७७/५/१३ गते बिहान ११ बजे पशुपति, आर्यघाटमा अन्तिम दाहासंस्कार गरियो ।

नेकपा पाँचथर-काठमाडौँ सम्पर्क मञ्चको अगुवाइमा माननीय भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्री वसन्तकुमार नेम्बाङको समेत उपस्थितिमा सम्पूर्ण मलामीजनहरूद्वारा एक मिनेट मौनधारण गरी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवाजनमा गहिरो समवेदना प्रकट गरियो ।