February 26, 2024, Monday
२०८० फाल्गुन १४, सोमबार

सान्नानी (बालकविता)

निर्मल दाहाल
सानी सानी नानी
मिठो गीत गाउँछिन्
मिठो मिठो स्वरले
मोहनी लगाउँछिन् ।
 
तोते तिनको बोली
सुनिरहूँ लाग्ने
उनको आफ्नै चाला
हेरिरहूँ लाग्ने ।
 
गुलाबजस्तो रूप
आँखाकी नानी
सान्नानी हाम्री
मायाकी खानी ।