March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

स्वार्थी समाज

 म चिन्दिनँ आफूले आफूलाई यस स्वार्थी संसारमा 
जस्तो चिन्दैन आगाले शरीरलाई केवल नामको भरमा
यहाँ स्वयंलाई बेच्न दौडिन्छन् दुनियां पैसाको नाउँमा
जस्तो दौडिन्छ जनावर दाम्लो छोडी खानाको दाउमा
लुटिन्छ अस्मिता सित्तैमा यहाँ राक्षसको भेषमा
जस्तो लुटिन्छ खुसी निमुखाहरुको कानुनको देशमा
पेसाको मूल्य हुँदैन कहिले पैसाको बजारमा
जस्तो हुँदैन मूल्य देशप्रेमीको भ्रष्ट सहरमा ।