July 20, 2024, Saturday
२०८१ श्रावण ६, आईतवार

गजल

पहिले ऊ आउँथ्यो बरै सानो बनेर
 अनि फेरि आयो अन्नको दानो बनेर।
 
चुनाव गयो अब त ठुलो मान्छे भयो
नेता भयो आउँने छ बिरानो बनेर।
 
देश उसको हातमा परिसक्यो अब
चलाउनु पर्ने देशको छानो बनेर।
 
नेतालाई भेटाउन अब भयो गारो
 बोलाउँदा नि बोल्छ अब कानो बनेर।
 
दुई चार वर्ष बित्यो कुम्ल्याएर नोट
फेरि आयो भोट माग्दै ओभानो बनेर।