September 19, 2024, Thursday
२०८१ आश्विन ३, बिहीबार

पियाजीको पर्खाइ


शिरमा टोपी, घाँटीमा लगाएर माला, आउनुहुने छ सेर्वानिमा   
आनन्दित हुने छ मन, उहाँको एक झलक हेराइमा  
हारिदिउँला म, परेली झुकाएर, नयनको लाडाइँमा
गाउँदै छिन् गीत सहेली, डुबेछु म त कल्पनामा, पियाजी को पर्खाइमा। 
 
झिलिमिली बल्दै छ बत्ती, उज्यालो छ घरमा  
सोल सिँगारमा सजिएकी परीझैँ, आफू रातो सारीमा  
बेहुली बनी बसिरहे छु सजिएर सबैको हेराइमा
बसिरहे छु म, वरमाल लीई, आँगनको चारपाईमा । 
  
पण्डित बाजे मन्त्र पढ्न आतुर, विवाहको मण्डपमा  
खानपानको साथ बसिरहे छु, मण्डपको पिड्हाइमा। 
आमाबुवा र आफन्त कुर्दैछन्, मेरा पैतालाको चुमाइमा
बिदाइ हुँने छ मेरो, आमाबुवाको आशीर्वादको रुवाइमा ।
 
आफ्न्त पनि दुई दिन बस्लान्, जालन् आफ्नो घरमा
बिहेपाछि बाआमा सम्झी मालाई टोलाउनुहुन्छ होला आङ्गनको चटाईमा 
आफ्न्तझैँ हुने छु पराया म आफ्नै यो घरमा  
चार दिने यो जीवन, २ दिन माइती २ दिन ससुरालीमा ।
 
दुःखी छु आफू जन्मेको, बल्यकाल बिताएको ठाउँको बियोगमा
वर्षौं बित्यो, खै किन सगरमाथाको चढाइझैँ  लाग्छ, यो क्षणमा  
खुसी छु जीवनसाथीसँग, नयाँ खुड्किलाको चढाइमा 
सिउँदो भर्लान् सिन्दुरले, बसिरहेको छु म पियाजीको पर्खाइमा।