May 20, 2024, Monday
२०८१ जेष्ठ ८, मंगलवार

विद्यार्थी जीवन

विद्यार्थी हौँ उच्च गिरिशिखरमा छुने
जीवन हाम्रो सफल पार्न प्रयासले हुने
 
जीवन हाम्रो उज्ज्वल पार्ने यही नै हो बेला
अनुपम जीवन हो यो फेरि कसले देला ?
 
ज्ञान सिकौँ, सिप सिकौँ मिहिनेत गरी
उज्यालो छ जिन्दगी यो पढौँ थरी थरी ।
 
पढ्न जाऔँ साथी अब भाग्यको छ खेल
कुसंस्कार र कुरीतिको तोड्नुपर्छ नेल ।