बुद्धि सपार
नेताले बोल्ने झुट मात्र खालि
जनता ले गर्ने अनि एक गाली
झुटो त कहिले जाहीँ ताहीँ देख्छु।
तेही हुनाले केही शब्द लेख्छु।।
सञ्चार सुन्यो के के भन्छ भन्छ
झुट्टै भएमा प्रभाबकारी बन्छ
को बोल्छ सत्त्य कहाँ हुन्छ साँचो
सच्चाइहरु अति नै भो खाँचो ।।
कोरेर कपीमा केही छैन सार
हे पशुपतिनाथ लगाइदेऊ न पार
हे मानवहो ! यो बुद्धि सपार
बिनति छ मेरो येही बार बार।।
बलभद्र कुँवर थिए कस्ता कस्ता
अहिले हामी धृतरष्ट्र जस्ता
बिदुर्ले बिदुर नीति नै बताए
श्री कृष्ण शान्ति बार्ता चलाए।।
सुनेनन् कुरा छोडेनन् मुकुट
सारा दुनियाँ पारेथे भुर्कुट
चुनावअघाडि गरलान् कि जस्तो
जितेसि भैगो भाषण मात्र सस्तो।।
लेखकको सम्वन्धमा